Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नबिल बैंकमा सीईओ ढुंगानाले सम्हाले कार्यभार

    नबिल बैंकमा सीईओ ढुंगानाले सम्हाले कार्यभार

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 879
    SHARES

    काठमाडौं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले शुक्रबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

    बैंकको असार १३ गते सम्पन्न संचालक समितिको बैठकले ढुंगानालाई सीईओ नियुक्त गरेको थियो । बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी लामो अनुभव सम्हालेका ढुङ्गानाले यसभन्दा अगाडि नेपाल बङ्गलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए ।



    यसबाहेक उनले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।



    भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर पुरा गरेका उनी सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा मेनेजर टु वाच र सन् २०१५ मा मेनेजर अफ दि ईयर विधामा पुरस्कृत भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार