Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौंमा मकै बेच्ने महिलामाथि नगर प्रहरीको लछारपछार, मेयर बालेनको चर्को विरोध

    काठमाडौंमा मकै बेच्ने महिलामाथि नगर प्रहरीको लछारपछार, मेयर बालेनको चर्को विरोध

    अनलाइन नेपाल
  • शुक्रबार, १७ असार २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई नगर प्रहरीले नियन्त्रणमा लिएपछि मेयर बालेन्द्र शाह (बालेन)को विरोध हुन थालेको छ ।

    महानगरको वडा नम्बर ४ महाराजगञ्जमा शुक्रवार दिउँसो मकै बेच्ने महिलामाथि नगर प्रहरीले लछारपछार गर्दै ज्यादती गरेपछि मेयर शाहको सर्वत्र विरोध हुन थालेको हो ।



    ठेलामा राखेर मकै बेच्दै हिँडेकी ती महिलाको ठेला नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । आफ्नो ठेला प्रहरीले उठाएपछि महिलाले हार गुहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ ।



    भिडिओ भाइरल भएपछि अहिले नगर प्रहरी र मेयर शाहको चर्को आलोचना भइरहेको छ । उक्त भिडिओमा महिलाले हार गुहार गरेपनि नगर प्रहरीले उनलाई नै सडकमा लछारपछार गरेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार