Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज असार १८ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    आज असार १८ गते शनिवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 885
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ असार १८ गते शनिवारको राशिफल ।

    मेष



    आज साथीभाईबाट विश्वासघात हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।



    मिथुन

    आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

    सिंह

    अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ ।

    तुला

    साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शेयर बजारको लगानीले पनि राम्रै फाइदा देला ।

    धनु

    आज सामान हराउने वा चोरी हुने सम्भावना छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । साँझमा कुनै कुराले मनमा शान्ति छाउने छ ।

    कुम्भ

    दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ ।

    बृष

    कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले काम बन्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नसक्छ ।

    कर्कट

    धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

    कन्या

    शुभ चिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्नसक्छ ।

    बृश्चिक

    रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । घुमफिरमा आकर्षण बढ्नेछ ।

    मकर

    आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ ।

    मीन

    आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको कार्यमा सफलता मिल्नेछ, तर वैदेशिक कामकाजहरू भने कमजोर नै रहला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार