Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएराति देखिनै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । आज बिहान प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ ।



    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।



    प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

    नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार