Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेकपा एसको संसदीय दलको बैठक बस्दै, बागमतीका मुख्यमन्त्रीले राजीनामा दिनसक्ने

    नेकपा एसको संसदीय दलको बैठक बस्दै, बागमतीका मुख्यमन्त्रीले राजीनामा दिनसक्ने

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल सुरु भएसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बस्दै छ ।

    पार्टी अध्यक्ष माधव कुमार नेपालसमेतको उपस्थितिमा काठमाडौंमा शनिबार संसदीय दलको बैठक बस्न लागेको हो । पूर्वसहमतिअनुसार मुख्यमन्त्री एसका राजेन्द्र पाण्डेले मार्गप्रशस्त गरिदिनुपर्ने भन्दै बागमतीमा काँग्रेस र माओवादी केन्द्रले हस्ताक्षर संकलन गरिसकेका छन् ।



    माओवादी र काँग्रेसले हस्ताक्षर संकलन तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छोड्न सकारात्मक देखिएका हुन् ।



    मुख्यमन्त्री पाण्डेले पद नछाड्ने बताएका छैनन् । तर उनले सत्ता गठबन्धनको निर्णयअनुसार आफू अघि बढ्ने बताएका छन् । उनले आज संसदीय दलको बैठक बोलाएर राजीनामा दिनसक्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार