Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

    युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच छलफल

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 732
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको जनाइएको छ ।

    रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिँदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको थियो । नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै आएको थियो ।



    भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    सो अवसरमा उनले सुरक्षा, राजनीतिक र मानवीय सहयोग नर्वेले गरेको स्मरण गरेका थिए । प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार