Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त छ , विधि र प्रक्रिया पूरा गरेर विमानस्थल बनाउँछौँ : प्रधानमन्त्री देउवा

    अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि निजगढ उपयुक्त छ , विधि र प्रक्रिया पूरा गरेर विमानस्थल बनाउँछौँ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि स्थलगत निरीक्षणमा निजगढ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको बताए । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए ।

    सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले दुइटा रनवेसहित विमानस्थल बनाउँने र त्यसका लागि विज्ञसँग छलफल गरिरहेका समेत बताए ।



    कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्ने देउवाले बताए ।  प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार