Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानसेनापति

    संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानसेनापति

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 792
    SHARES

    काठमाडौं । गत असार १३ गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यहरूले शुक्रबार न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण गरेका छन् ।

    भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले मुख्यालयका सैन्य सल्लाहकार जेनरल बिरामे डिओप, अन्डर सेक्रेटरी जेनरल जिन पिएरी ल्याक्रोइक्स, अतुल खारे र रोजमेरी डिकार्लोसँग भेटवार्ता गरेका छन् ।



    छलफलमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षहरूका बारेमा छलफल तथा विचार विमर्श गरेको नेपाली सेनाले जनाएको छ ।



    शर्मा तथा भ्रमण दलका सदस्यहरू भ्रमण सम्पन्न गरी असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार