Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण

    युक्रेनमा फेरि रुसी क्षेप्यास्त्र आक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 858
    SHARES

    एजेन्सी । युक्रेनमा शुक्रबार फेरि रुसी क्षेप्यास्त्र आक्रमण भएको छ । युक्रेनमा पछिल्लो समय लगातार रुसी क्षेप्यास्त्र आक्रमणका घटना भइरहेका छन् । पछिल्लो घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ । देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

    घटनामा परी अरु केही घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको हो । आक्रमण भएको भवनमा झण्डै एक सय जना बस्दै आएका थिए । त्यो भवन अहिले क्षतिग्रस्त भएको छ ।



    स्थानीय समय अनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् । रुसी अधिकारीहरूले भने आक्रमण नभएको दावी गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको आक्रमण पनि अस्वीकार गरेका छन् ।



    कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दावी छ । गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार