Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक सुरु

    लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 795
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संगठन निर्माण र पार्टी विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

    स्थानीय चुनावको समीक्षा र अगामी संघ तथा प्रदेशको चुनावको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । लोसपाले यस अघिनै अगामी चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरिसकेको छ ।



    जनता समाजवादी पार्टी विभाजनको संघारमा रहेको र पार्टी विभाजन भएपछि कुन पक्षसँग गठबन्धन वा एकता गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।



    जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले लोसपासँग एकताका लागि छुट्टाछुट्टै प्रस्ताव गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार