Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बलिउड अभिनेता राजपालविरुद्ध उजुरी

    बलिउड अभिनेता राजपालविरुद्ध उजुरी

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 789
    SHARES

    एजेन्सी । बलिउड अभिनेता राजपाल यादवमाथि ‘‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ ।

    उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।



    बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् ।



    उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका छन् । प्रहरीले उजुरीकर्ताको निवेदनअनुसार छानबिन सुरु गरेको छ । प्रहरीले अभिनेताविरुद्ध नोटिस जारी गर्दै १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार