Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • टीवाईटी कप : पेनाङसँग एनआरटी ५–० गोलले पराजित

    टीवाईटी कप : पेनाङसँग एनआरटी ५–० गोलले पराजित

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 813
    SHARES

    काठमाडौं । टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबलको दोस्रो खेलमा नेपालको ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले फराकिलो हार ब्यहोरेको छ ।

    मलेसियाको पेनाङ सिटी रंगशालामा भएको खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० गोलले पराजित भएको हो । पेनाङले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा थप तीन गोल थप्यो ।



    पेनाङको जितमा लुकास सिल्भाले ह्याट्रिकसहित ४ गोल गरे । सराभानले एक गोल थपे । यसअघि बिहीबार भएको खेलमा एनआरटी इन्डोनेसियाको लिग टु क्लब कारो एफसीसँग ५–१ गोलले पराजित भएको थियो ।



    नेपाललाई हराएसँगै पेनाङ टीवाईटी कपको च्याम्पियन बनेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार