Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र

    निगम घाटामा जाँदा महत्त्वपूर्ण योजना अलपत्र

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 690
    SHARES

    काठमाडौं । विगत दुई वर्षदेखि पेट्रोलियम पदार्थको निरन्तरको मूल्य वृद्धिले घाटा बढाएपछि नेपाल आयल निगमले भण्डारण निर्माणलगायतका योजना अगाडि बढाउन सकेको छैन ।

    निगमले ठूला आयोजनाका रूपमा घोषणा गरेका सबै प्रदेशमा भण्डारणका लागि भौतिक पूर्वाधार, पाइप लाइन निर्माण र विस्तारका काम स्थगितजस्तै भएका छन् ।



    निगमका सञ्चित कोषहरू अहिले रित्तिएका छन् । आर्थिक सङ्कट, कानुनी प्रक्रिया र नेपाल–भारतबीच समन्वयमा काम गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको निगमले जनाएको छ तर यी काम हाल सामान्य हिसाबले अघि बढिरहेको निगमको दाबी छ ।



    निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निगमको आर्थिक सङ्कट, नीति र निर्णय प्रक्रियाका कारण चाहे जसरी काम अगाडि बढ्न नसकेको बताए । उनले भने, “मुख्य कारण आर्थिक सङ्कट नै हो, त्यसपछि नीतिगत निर्णय पनि हुन बाँकी नै छ ।” गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार