Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • रियालिटी शो ‘नेपहपको श्रीपेच’ भाइवर साइमनलाई

    रियालिटी शो ‘नेपहपको श्रीपेच’ भाइवर साइमनलाई

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइवर साइमनले जितेका छन् ।

    शनिबार काठमा स्थित सोल्टी होटेलमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् ।



    उपाधिका लागि भाइवरसँगै काठमाडौंका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।



    उपाधि विजेता भाइवरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार