Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पहिरोमा परी भारतमा २५ जनाको मृत्यु

    पहिरोमा परी भारतमा २५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 678
    SHARES

    एजेन्सी । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

    ३८ जना अझै बेपत्ता छन् । मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।



    पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए ।



    तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार