Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बालबालिकाका लागि आइपुग्यो २४ लाख मात्रा खोप

    बालबालिकाका लागि आइपुग्यो २४ लाख मात्रा खोप

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 627
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरसविरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप आइपुगेको छ ।

    कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।



    खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।



    यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार