Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अछाममा किशोर मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

    अछाममा किशोर मृत्यु प्रकरण : मेयर चलाउनेसहित ७ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 1.2K
    SHARES

    अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्।

    विनोद शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन्।



    यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा शनिबार पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



    विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार