Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चूडामणि शर्माको मुद्दा हेर्न नभ्याउनेमा

    चूडामणि शर्माको मुद्दा हेर्न नभ्याउनेमा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 810
    SHARES

    काठमाडौं । सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ ।

    मुद्दा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।



    दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो ।



    शर्माले कर मिनाहा गर्दा अरबौं रकमको भ्रष्टाचार गरेको र गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै २०७४ साल साउन १ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार