Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सर्‍यो

    नेपाल र क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडा बीचको एकदिवसीय सिरिज एकदिन पछि सरेको छ ।

    नेपाल र स्थानीय ओन्टारियो क्लबबीच टी-ट्वान्टी अभ्यास खेल थपिएकाले सिरिजको खेल एकदिन सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।



    नेपाल र क्यानडा बीचको दुई खेलको एकदिवसीय सिरिज एकदिन पछि सरेको हो । अब नेपाल र क्यानडा बीचको खेल जुलाई ५ र ६ मा हुनेछ ।



    यसअघि दुई टोलीबीचको खेल जुलाई ४ र ५ मा हुने तालिका रहेको थियो । नेपालले आज आइतबार राति ओन्टारियोविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार