Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ५७ अंकले उकालो लाग्यो नेप्से

    ५७ अंकले उकालो लाग्यो नेप्से

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 885
    SHARES

    काठमाडौं । आइतबार शेयर बजारमा हरियाली छाएको छ ।

    गत साताको अन्तिम कारोबारको दिन अर्थात शुक्रबार ८.८७ अंकले घटेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक आज ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेको छ ।



    आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।



    शेयरबजारमा आज हरियाली छाएसँगै कारोबार समेत बढ्न पुगेको छ । शेयरबजारमा पछिल्लो समय १ अर्ब कारोबार सीमित हुन पुगेकोमा आज साढे २ अर्बको कारोबार हुन पुगेको छ ।

    नेप्से उकालो लागेसँगै यस दिन ६ स्टकको शेयरमा सकारात्मक सर्किट लागेको छ। यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेकोहो।

    यस दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्स, एनआईसी एशिया, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र अरुण काबेलीको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ भने वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार