Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष

    एमालेले सातै प्रदेशमा खटायो वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 696
    SHARES

    काठमाडौं ।नेकपा एमालेले प्रदेश र जिल्ला स्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    आइतबार बसेको पार्टीको सचिवालय बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निर्णय गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाएको छ ।



    एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पण्डे, वागमतीमा विष्णु पौडेल, गण्डकीमा अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा सुवासचन्द्र नेम्वाङ, कर्णालीमा रामबहादुर थापा र सुदूरपश्चिममा युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।



    उनीहरुले आगामी निर्वाचनको तयारी, जनप्रतिनिधिको काममा सहजीकरण, महंगी नियन्त्रणमा सरकारलाई दबाव दिने, विपदमा पार्टीको स्वयंसेवी संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिने, प्रदेश र जिल्ला स्तरमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन गर्ने गुरुङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार