Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एमालेभित्रको अन्तर्घात छानबिन गर्न विष्णु पौडेलको नेतृत्वमा कार्यदल

    एमालेभित्रको अन्तर्घात छानबिन गर्न विष्णु पौडेलको नेतृत्वमा कार्यदल

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 936
    SHARES

    काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्नेहरुमाथि छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कमिटी बनाएको छ ।

    आइतबार बसेको सचिवालय बैठकले अन्तर्घातका कारण परिणाम अनुकूल नआएको निष्कर्ष निकाल्दै अन्तर्घात गर्नेहरुमाथि छानबिन गर्ने निर्णय गरेको हो ।



    बैठकले अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा समिति गठन गरेको प्रचारविभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।



    निर्वाचनका क्रममा अन्तर्घात गरेको भन्दा परेका उजुरीमाथि छानबिन गरी उक्त कमिटीले कारबाही सिफारिस गर्न सक्नेछ। कमिटीमा निर्वाचन विभाग प्रमुख र केन्द्रीय संगठन विभाग प्रमुख सदस्य रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार