Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ गते जारी गरेको नयाँ नियमअनुसार आज (सोमबार) देखि हेलिकोप्टर (रोटर विङ्स) ले समेत तोकिएकै बेसमा रात्रि विश्राम गर्नुपर्ने भएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन वायुसेवा सञ्चालक सङ्घलाई तोकिएको आधार (अपरेटिङ बेस) अनुसार रातको समयमा उपत्यकाबाहिरको विमानस्थलमा पार्किङ गर्न निर्देशन दिएको थियो ।



    आन्तरिकतर्फका हवाई कम्पनीले गत १४ गतेदेखि मोफसलका विमानस्थलमा रात्रि विश्राम गरेर पहिलो उडान सुरु गरिसकेका छन् । आन्तरिकतर्फका १७ वटा विमान (फिक्स विङ्ग) ले रात्रिकालीन बेसअनुरूप उडान सुरु गरेको एक सातापछि हेलिकोप्टर कम्पनीले समेत सोही नियमअनुसार सोमबारदेखि तोकिएकै बेसबाट पहिलो उडान सुरु गर्ने भएका छन् ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोमबारदेखि ११ वटा हेलिकोप्टर कम्पनीका ३८ वटा हेलिकोप्टरमध्ये १४ वटा हेलिकोप्टरले रात्रि विश्रामका लागि काठमाडौँबाहिर जानुपर्ने भएको छ । २४ वटा हेलिकोप्टरले भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रात्रि विश्रामको सुविधा पाउने उनले बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार