Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • युक्रेनले रुसी सहरमा घातक आक्रमण गरेको आरोप

    युक्रेनले रुसी सहरमा घातक आक्रमण गरेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनको सिमाना नजिक रहेको आफ्नो बेलगोरोद सहरमा तीन जनाको ज्यान जानेगरी भएको विस्फोटका लागि युक्रेनलाई जिम्मेवार ठहराएको छ ।

    क्षेत्रीय गभर्नरले दर्जनौँ आवासीय भवनमा विस्फोटन भएको र रुसी हवाई प्रतिरक्षालाई सक्रिय पारिएको बताएका छन् ।



    क्रेमलिनले आइतबार युक्रेनी फौजले नियतवश नै रुसी सर्वसाधारण केन्द्रित आक्रमण गरेको जनाएको छ ।



    युक्रेनले रुसको आरोपको खण्डन गर्दै रुसले विगतमा पनि यस्ता झुठा आरोपहरू लगाउने गरेको बताएको छ । तीन लाख ७० हजार जनसंख्या रहेको बेलगोरोद सहर युक्रेनको दोश्रो ठुलो सहर खार्किभदेखि उत्तरी भागमा रहेको छ ।

    गत २४ फेब्रुअरीमा रुसी फौजले आफूमाथि आक्रमण गरेयता युक्रेनले यहाँ थुप्रै पटक हमला गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार