Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • दल विभाजनलाई कानुनी शून्यता

    दल विभाजनलाई कानुनी शून्यता

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 732
    SHARES

    काठमाडौं । अध्यादेशले संशोधन गरेका कानुनी व्यवस्था नजगाउँदा लामो समयदेखि दुईवटा कानुनका केही प्रावधान शून्य अवस्थामा छन् । कानुनी शून्यता हुँदा तत्काल कुनै राजनीतिक दल विभाजन हुन चाहेमा के गर्ने स्पष्ट छैन ।

    साथै संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको कानुन पनि शून्य छ । झन्डै एक वर्षदेखि कानुनी शून्यताको अवस्था भए पनि सरकारले साबिकका व्यवस्था जगाउने कुनै प्रक्रिया अघि बढाएको छैन ।



    जसले गर्दा विवादका कारण छुट्टिने समझदारीमा पुगेका जनता समाजवादी पार्टीका दुई पक्षले प्रक्रियासमेत अघि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले कानुनी शून्यताको अवस्थाबारे कानुन मन्त्रालयको रायसमेत मागेको छ ।



    अहिले राजनीतिक दलसम्बन्धी ऐनको दल विभाजनको व्यवस्था र संवैधानिक परिषद्सम्बन्धी ऐनका पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिको व्यवस्थामा कानुनी शून्यता छ ।

    यसअघि दुवै अध्यादेशका ती व्यवस्था अध्यादेशमार्फत संशोधन भएका थिए । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज भइसके पनि साबिकका व्यवस्था जगाइएको छैन । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार