Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • फुटपाथमा मकै बेच्ने दम्पतीमाथि थप कारवाही गर्दै महानगर, कारबाही गर्न प्रहरीमा उजुरी

    फुटपाथमा मकै बेच्ने दम्पतीमाथि थप कारवाही गर्दै महानगर, कारबाही गर्न प्रहरीमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 753
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ठेलामा मकै बेचेर गुजारा गरिरहेका चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीलाई अपराधीझैँ व्यवहार गरेको छ ।

    घुस मागेको भनेर महानगर प्रहरीको चरित्रहत्या गरेको तथा सार्वजनिक स्थलमा बेइज्जत गरेको भन्दै उनीहरूमाथि कारबाही गर्न महानगर प्रहरीले उल्टै प्रहरीमा उजुरी दिएको हो ।



    नगर प्रहरीले कारबाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारबाही गर्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए । नगर प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेकाले उनीहरुलाई कारबाहीका लागि पत्र पठाएको उनले बताए ।



    ‘मकै पोल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन । तर त्यसो भन्दैमा तल्लो स्तरमा झरेर प्रहरीलाई अगुल्टोले हान्ने, चिम्टाले पोल्ने र जथाभाबी मुख छाड्न छुट छैन,’ नगर प्रहरी प्रमुख सापकोटाले भने । मकै पोल्ने दम्पतीलाई यसअघि पटक पटक सम्झाइ बुझाइ गरेको पनि उनको दाबी छ ।

    नगर प्रहरीले घुस मागेको आचार्य दम्पतीको आरोप छ । तर आफूहरुले घुस नमागेको नगर प्रहरीले दाबी गरेको छ । आचार्य दम्पतीले मकै बेच्दै गर्दा गएको शुक्रवार बालुवाटारमा नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार