Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • श्रीलंकामा सकियो इन्धन, एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी

    श्रीलंकामा सकियो इन्धन, एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 684
    SHARES

    फाइल तस्विर

    एजेन्सी । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको जनाएका छन् । देशमा सञ्चित रहेको इन्धन एक दिनका लागि पनि नपुग्ने उनले आइतबार जनाएका हुन् ।

    तेल अभावले सार्वजनिक यातायात सबै ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ । अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन अवस्थामा छन् ।



    ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए ।



    अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि विदेशी मुद्राको अभाव भएपछि इन्धन निर्यातमा समस्या भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार