Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम : देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम विज्ञान विभागले जनाएको छ । भने देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    यसैगरी, राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।



    साथै विभागले नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार