Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हतियारसहित ३ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

    हतियारसहित ३ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 900
    SHARES

    रुपन्देही । हतियारसहित ३ जना भारतीय नागरिकलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला बस्ने मेदी हुसेन, अकबर खान र आसिक अलिलाई जिल्ला प्रहरी कार्यालयका रुपन्देहीको टोलीले प्रकाउ गरेको हो ।



    प्रकाउ परेका तीनै जनाको साथबाट एउटा कटुवा पेस्तोल, केएफ ९एम एम लेखिएको २ राउन्ड गोली र चक्कु १ थान फेला परेको प्रहरीले जनाएको छ ।



    उनीहरु सवार रुपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्क नजिक अनियन्त्रित भई दुर्घटना थियो । प्रहरीले चेकजाँच गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार