Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अछाममा किशोर मृत्यु प्रकरण : अदालतमै प्रहरीद्वारा अश्रुग्यास प्रहार

    अछाममा किशोर मृत्यु प्रकरण : अदालतमै प्रहरीद्वारा अश्रुग्यास प्रहार

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 852
    SHARES

    अछाम । विनोद शाही मृत्यु प्रकरणलाई लीएर जिल्ला अदालत अछाममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्याँस प्रहार गरिएको हो। अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।



    मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए। विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए।



    उनको हत्या भएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित ७ जना घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार