Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई ओलीको चुनौती

    एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई ओलीको चुनौती

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 822
    SHARES

    काठमाडौं । एसपीपीका सन्दर्भमा सत्यतथ्य सार्वजनिक गर्न केपी शर्मा ओलीले सरकारलाई चुनौती दिएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विपक्षी नेता ओलीले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको विषय गाँसिएकाले यस विषयमा प्रधानमन्त्रीले संसद र जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताए ।



    २०७६ जेठमा एमसीसीको प्रतिवेदनमा एसपीपी इण्डो प्यासिफिकको अंग भएको र नेपाल त्यसम सामेल भएको रिपोर्ट आएपछि आफ्नो सरकारले त्यसलाई रोकेको ओलीले बताए ।



    रक्षामन्त्रीले परराष्ट्रसचिवको संयोजकत्वमा गठन गरेको समितिले तत्कालै स्टप गरेको भन्दै ओलीले यसबारेमा यथार्थ जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार