Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काठमाडौं महानगरमा शिक्षाको बजेट तीन गुणा बढी

    काठमाडौं महानगरमा शिक्षाको बजेट तीन गुणा बढी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 813
    SHARES

    काठमाडौं । शिक्षाको लागि काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट बिनियोजन गरेको छ ।

    यो चालु आर्थिक वर्षको बजेटभन्दा तीन गुणा बढी हो ।



    काठमाडौं महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका विभिन्न कार्यक्रमहरु ल्याएको छ ।



    शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ कार्यक्रमको लागि बजेट विनियोजन भएको महानगर शिक्षा शाखाले जनाएको छ । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार