Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माओवादीलाई प्रश्न- के हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो ?

    माओवादीलाई प्रश्न- के हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो ?

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 576
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टीले अमेरिकालाई हेर्ने नीतिका विषयमा प्रश्न उठेको छ ।

    पछिल्लो समय एमसीसीमा पार्टीले लिएको पोजिसन र गठबन्धन सरकारको क्रियाकलापलाई जोडेर बैठकमा अमेरिकालाई हेर्ने दृष्टिकोणबारे अध्यक्ष प्रचण्डको प्रष्टीकरण माग भएको हो ।



    केन्द्रीय सदस्य तथा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले माओवादी पनि अमेरिकी लबीमा पुगेको हो भन्दै प्रश्न गरे ।



    ‘युक्रेन युद्धको विषयमा सरकारले विज्ञप्ति जारी गरेर अमेरिकाको पक्ष लियो । के हाम्रो पार्टी पनि अमेरिकी लबीमा पुगेको हो या हाम्रो परराष्ट्र नीति के हो ?’, बैठकमा पन्तले भने, ‘ असंलग्न जुन परराष्ट्र नीति हो, जुन यतिका दशकसम्म अभ्यास गरिँदै आएको छ । हाम्रै गठबन्धन सरकारले त्यसलाई तोडेको देखियो । यो विषयमा अध्यक्षबाट स्पष्टीकरण आउनुपर्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार