Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

    अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 885
    SHARES

    काठमाडौं । अमेरिका भ्रमण पूरा गरेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन् ।

    द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा यूएन मिसनहरूको विविध पक्ष एवं भावी योजनाबारे जानकारी लिन सेनापति शर्मा असार ४ गते भ्रमणमा गएका थिए ।



    शर्माले यस क्रममा लेबनान, सिरिया र अमेरिका भ्रमण गरेका हुन् ।



    शर्माले आफ्नो भ्रमण सकेर आइतबार काठमाडौं आइपुगेका हुन् । भ्रमणको क्रममा शर्माले अमेरिकी सेनाप्रमुखसहित अमेरिका र लेबनानका उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार