Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • केपी ओलीको प्रश्न – जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै किन खाने ?

    केपी ओलीको प्रश्न – जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै किन खाने ?

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 726
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् ।

    उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् ।



    प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्‌ले आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाव दिएका छन् ।



    उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्‌लाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सुझाव दिए । ‘यस गरिमामय सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छुः यो संसद् लहैलहैमा चल्न भएन ।
    हामी जनप्रतिनिधि हौंः हामी जनप्रतिनिधिले लहैलहैमा कुदेर हुँदैन,’ उनले भने, ‘देशप्रति जिम्मेवार भएर सोच्न सक्नुपर्दछ । देश, जनताका हितको रक्षा गर्न सक्नुपर्छ । जनताका हितको रक्षा गर्दैनौं भने भत्ता मात्रै खाने ?’

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार