Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अछाममा किशोर मृत्यु प्रकरण : ढुंगामुढा प्रहारबाट १२ जना प्रहरी घाइते

    अछाममा किशोर मृत्यु प्रकरण : ढुंगामुढा प्रहारबाट १२ जना प्रहरी घाइते

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 720
    SHARES

    अछाम । अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मुत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावग्रस्त बनेको छ।

    शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रर्दशन गरेका थिए।



    त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ।



    यस्तै प्रर्दशनकारीहरू पनि घाइते भएको जनाईएको छ। विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार