Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ९ अंकले ओरालो लाग्यो नेप्से

    ९ अंकले ओरालो लाग्यो नेप्से

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 843
    SHARES

    काठमाडौं । सोमबार शेयर बजार ओरालो लागेको छ ।

    अघिल्लो कारोबार दिन आइतबार ५७.६५ अंक बढेर २०८६.४२ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक कारोबारको ४ घण्टाको अवधी भारी अंकले उकालो लागे पनि अन्तिम समयसम्म आइपुग्दाँ ९.७५ अंकले घटेर २०७६.६७ बिन्दुमा झरेको छ ।



    सोमबार १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ।



    आज कारोबारमा आएका २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता शेयर खरिदबिक्री हुदाँ ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैंया बराबरको कारोबार भएको छ ।

    नेप्सेमा आज ३ महिनापछि ४ अर्ब बढीको कारोबार भएको हो । यसअघि चैत १३ गते ४ अर्ब ७८ करोड बढीको कारोबार भएको थियो ।

    सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५८ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको हो ।

    आज सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्मक सर्किट लागेको छ।

    सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९.९८ प्रतिशतले बढेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार