Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • साढे तीन किलो अफिमसहित दुई जना पक्राउ

    साढे तीन किलो अफिमसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 696
    SHARES

    नेपालगञ्ज । सुर्खेतबाट प्रहरीले तीन किलो ८ सय ग्राम लागुऔषध अफिम सहित २ जनालाई प्रकाउ गरेको छ ।

    सुर्खेतको बैजनाथ गाउँपालिका वडा नं-१ चिसापानीस्थित नेपाली सेनाको चेकप्वाइन्टमा जाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका-३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा अफिम भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



    पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले कोहलपुरबाट नगलगाड नगरपालिका-३ कै २५ वर्षीय लेखराज बिष्टलाई पक्राउ गरेको हो ।



    उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार