Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अध्यागमनको अधिकार प्रहरीलाई दिनुपर्छ : एमाले सांसद रावल

    अध्यागमनको अधिकार प्रहरीलाई दिनुपर्छ : एमाले सांसद रावल

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 666
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन्।

    सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए।



    सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए।



    उनले अध्यागमनको जिम्मेवारी निजामती कर्मचारीलाई दिने कुरामा सहमत हुन नसकिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार