Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ८ करोड २३ लाख विदेशी विनिमय अपचलन गर्ने पौडेलविरुद्ध मुद्दा दायर

    ८ करोड २३ लाख विदेशी विनिमय अपचलन गर्ने पौडेलविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 966
    SHARES

    फाइल फोटो

    काठमाडौं । विदेशी विनिमय अपचलन गरेको अभियोगमा एक जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    राजस्व अनुसन्धान विभागले पर्वको कुश्मा घर भई हाल काठमाडौंको सामाखुशी बस्ने गणेश पौडेल विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंको मुद्दा दायर गरेको हो ।



    पौडेलले विदेशबाट अनौंपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गरि नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको छ ।



    त्यस्तै, उनले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको, प्रतिवादीले बिदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाण फेला परेको थियो ।

    पौडेललाई विदेशी विनिमय ऐन विपरितको कसूरमा ८ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ कायम गरी मागदावी लिई अभियोगपत्र दायर गरिएको विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार