Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    थप ४० जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 978
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।



    पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जना निको भएका छन् भने हाल देशभर ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् ।



    यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार