Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

    हराएका २० मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 741
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

    ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३ वटा स्कुटर सम्बन्धित धनीहरुलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन्।



    यस आ.व. ०७८/७९ मा ४६३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ।



    प्रहरीले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको समेत प्रयोग गर्न अनुरोधसमेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार