Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रुसले उत्तरी ध्रुवमा पत्ता लगायो विशाल तेल भण्डार

    रुसले उत्तरी ध्रुवमा पत्ता लगायो विशाल तेल भण्डार

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 750
    SHARES

    एजेन्सी । रुसको प्रमुख ऊर्जा कम्पनी रोजनेफ्टले उत्तरी ध्रुवमा रहेको पेचोरा सागरमा विशाल तेल खानी पत्ता लागेको घोषणा गरेको छ ।

    त्यहाँ लगभग ८ करोड २० लाख टन तेल रहेको अनुमान छ ।



    त्यहाँको तेल हलुका, कम सल्फर भएको र कम बाक्लो छ । रोजनेफ्टले उत्तरी ध्रुवका कुल २८ वटा क्षेत्रमा तेल उत्खननको अनुमति पाएको छ ।



    तीमध्ये आठवटा क्षेत्र पेचोरा सागरमा छन् । विशाल तेल भण्डार भेटेसँगै रुस ऊर्जामा थप आत्मनिर्भर बनेको छ । पश्चिमले लगाएको प्रतिबन्धको खासै असर उसलाई परेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार