Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भविश्वर शर्माद्वारा ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी

    भविश्वर शर्माद्वारा ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पर्यटन व्यवसायी भविश्वर शर्माले ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले आज पत्रकार सम्मेलन गरी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् । परिषद्को कार्याकाल दुई वर्षका लागि हुनेछ ।

    ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताए । त्यसैगरी उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसी क्यामरा जडान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।



    पत्रकार सम्मेलनमा उनले भने–‘ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न अध्यक्ष पदमा मेरो उम्मेदवारी हो ।’



    शर्माले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रूपमा विकास गरिने बताए । ठमेललाई अझ सुन्दर, व्यवस्थित र पर्यटकको आकर्षक केन्द्र बनाउन गोलमेच सम्मेलन गर्ने, ठमेलभित्र व्यवस्थित पार्किङको व्यवस्था मिलाउने, ठमेलका समस्या थाहा पाउनका लागि गुनासो बक्स स्थापना गर्ने, ठमेलभित्रका व्यवसायी र घरबेटीलाई तालिम प्रदान गर्ने, पर्यटन व्यवसायी कार्ड उपलब्ध गराइने बताइएको छ । तारको व्यवस्थापन र होर्डिङ बोर्डलाई व्यवस्थित बनाइने पनि शर्माले बताए ।

    अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । बाँकी पदमा पनि चाँडै नै उम्मेदवारी घोषणा गर्ने अध्यक्षका उम्मेदवार शर्माले जानकारी दिए ।

    अध्यक्षका उम्मेदवार शर्मा ठमेल पर्यटन विकास परिषद्को सदस्य, महासचिव र उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

    विसं २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषदमा हाल एक हजार ८०० भन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् । परिषद्को २७ औँ साधारणसभा एवं निर्वाचन यही असार ३२ गते काठमाडौँमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार