Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाले दिए आवेदन

    चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जनाले दिए आवेदन

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् ।

    आवेदन दिने अन्तिम दिन आइतबारसम्म ती निवेदन प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको संस्थान समन्वय शाखाले जानकारी दिएको छ ।



    शाखाका प्रमुख मुकुन्द शर्माका अनुसार आवेदन दिनेहरुमा केसीसहित सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, मनिष पण्डित, सुष्मा कार्की, नरेश पौड्याल, सुशील पोखरेल, सुचित्रा श्रेष्ठ, दीपक श्रेष्ठ र निर्मलराज पौड्याल छन् ।



    नियुक्तिको प्रक्रिया पूरा हुन अझै केही साता लाग्नेछ ।

    आवेदन प्राप्त भएपछि गठित समितिले अब तोकिएको मापदण्डअनुसार आवेदन आएको छ कि छैन भनेर रुजु गर्ने जनाइएको छ । मापदण्डअनुसार आवेदन प्राप्त भए प्रक्रियामा अघि बढ्ने बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार