Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुढीगंगा नगरपालिकामा असार २३ गते हुने निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

    बुढीगंगा नगरपालिकामा असार २३ गते हुने निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 831
    SHARES

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएको छ ।

    वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो ।



    जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगंगामा पुनः निर्वाचन हुन लागेको हो । पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।



    निर्वाचनका लागि खटाइएका १९ मतदान अधिकृतमध्ये १ जना महिला मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगंगा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र ‘क’ मा मतदान अधिकृतका रूपमा खटाइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि उनलाई मतदान केन्द्रमा पठाइएको हो ।

    बुढीगंगाका वडा नम्बर २, ३, ५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार