Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • श्रम मन्त्री कुँवर र भारतीय राजदूतबीच भेटवार्ता, भारतमा काम गर्ने नेपालीको सुरक्षाबारे छलफल

    श्रम मन्त्री कुँवर र भारतीय राजदूतबीच भेटवार्ता, भारतमा काम गर्ने नेपालीको सुरक्षाबारे छलफल

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरुबीच सोमबार श्रम मन्त्रालयमा भेटवार्ता भएको हो ।

    भेटका क्रममा भारतमा काम गर्ने नेपालीको सुरक्षाको विषयमा छलफल भएको बताइएको छ । मन्त्री कुँवरले भारतमा काम गर्ने नेपालीका समस्या र उनीहरूको सुरक्षाका लागि सहकार्य गर्नु पर्ने बताए ।



    भारतीय राजदूत श्रीवास्तवले नेपाललाई भारतले विभिन्न क्षेत्रबाट वर्षौँदेखि सहयोग गर्दै आएको बताए । यस्तै भारतमा रहेका नेपाली श्रमिकको सुरक्षाका लागि भारतीय सरकारले केही योजना बनाएर काम गरिरहेको उनले जानकारी गराए ।



    नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भेटघाटलाई तीव्रता पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार