Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सिकागोमा बन्दुक आक्रमण गरी ६ जनाको हत्या गर्ने एकजना सन्दिग्ध पक्राउ

    सिकागोमा बन्दुक आक्रमण गरी ६ जनाको हत्या गर्ने एकजना सन्दिग्ध पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 936
    SHARES

    एजेन्सी । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको परेडमा ६ जनाको हत्या संलग्न एक संदिग्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय रहेका छन् ।

    हतियारधारी ती व्यक्तिलाई अमेरिकी प्रहरीले ‘खतरनाक’ भनेको छ । इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए ।



    संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् । आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यत्रतत्र छोडेको देखिन्छ ।



    बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । सहरको स्वतन्त्रता दिवस समारोहमा साङ्गीतिक र्‍यालीदेखि अन्य सामुदायिक मनोरञ्जनात्मक कार्यक्रमहरू तय भएका थिए । तर, वर्षको सर्वाधिक रमाइलो दिनहरू मध्ये एक हुनु पर्ने उक्त दिनमा आतङ्क मच्चिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार