Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, दिउँसो ३ बजे बस्ने

    प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक, दिउँसो ३ बजे बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।

    सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएपनि मन्त्री हेरफेरका कारण स्थगित भएको थियो ।



    सोमबार जसपाबाट कृषि तथा पशुपन्छी मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका थिए ।



    सोमबार नयाँ मन्त्रीहरुको सपथ ग्रहण र कार्यभार सम्हाल्ने कार्यक्रम हुँदा मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन । यस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेशपछि सीसीटीभी फुटेज डिलिट भएको मुद्दा पेचिलो बनिरहेको समयमा मन्त्तिपरिषद्को बैठक बोलाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार