Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लंका प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध

    लंका प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 867
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमिर लिगमा आबद्ध भएका छन् । सन्दीपलाई दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

    जायन्ट्सले डायमन्ड क्याटेगोरीबाट सन्दीपलाई ४० हजार अमेरिकी डलरमा भित्र्याएको हो । लंका टी–२० प्रिमियर लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् ।



    दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अस्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ ।



    लंका प्रिमियर लिगका लागि तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्टमा थिए । लंका प्रिमियर लिग जुलाई ३१ बाट अगस्ट २१ सम्म आयोजना हुने तालिका रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार